दफा ११७
पारदर्शिता सम्बन्धी व्यवस्था
(१) बैंक वा वित्तीय संस्था वा विदेशी बैंक वा वित्तीय संस्थाको शाखाले कारोबार सम्बन्धी पारदर्शिताको लागि आफ्नो वित्तीय अवस्था तथा जोखिमको स्थितिका सम्बन्धमा कम्तीमा हरेक तीन महिनामा आवधिक प्रतिवेदन प्रकाशन गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिमको प्रतिवेदनमा समावेश गरिनु पर्ने न्यूनतम कुराहरु राष्ट्र बैंकले तोकिदिए बमोजिम हुनेछ ।